उपेन्द्रलाई समाजवादी मोर्चामा फर्काउने प्रयास, प्रकाण्ड भन्छन्- छलफल सकारात्मक छ – Nepal Press

उपेन्द्रलाई समाजवादी मोर्चामा फर्काउने प्रयास, प्रकाण्ड भन्छन्- छलफल सकारात्मक छ

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले समाजवादी मोर्चामा सामेल हुन जसपा नेपाल सकारात्मक रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विश्वकर्माले मोर्चामा सहभागी हुन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सकारात्मक रहेको बताए ।

उनले भने, ‘उहाँले तत्काल सहभागी हुन नसक्ने भन्नुभएको छ, तर छलफल सकारात्मक रुपमा अघि बढेको छ ।’

कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले सरकार टिकाउने अस्त्रका रूपमा चार दललाई समेटेर मोर्चा गठन गरेका थिए ।
प्रचण्ड सरकारमै हुँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि सो दल मोर्चाबाट बाहिरिएको थियो ।

प्रचण्डकै कारणले आफ्नो दल विभाजित भएको उपेन्द्रको बुझाइ छ । यद्यपि प्रचण्ड-माधवले उपेन्द्रलाई मोर्चामा फेरि जोड्ने प्रयास जारी राखेका छन् ।


प्रतिक्रिया

One thought on “उपेन्द्रलाई समाजवादी मोर्चामा फर्काउने प्रयास, प्रकाण्ड भन्छन्- छलफल सकारात्मक छ

  1. यो मोर्चा काम गर्न होईन प्रचण्डको काम नभएको बेलामा अरूलाई तर्साउन सकिन्छ कि भनेर उनकै लागि बनाईएको हो । उपेन्द्र किन आउने ? प्रचण्डका पुच्छर मात्र आउछन् मोर्चामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर