माधव नेपालको दाबी- अहिले सत्ताको दुरुपयोग भइरहेको छ (भिडिओ)
नेपाल प्रेस
२०८१ माघ २ गते १७:२१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताए ।
संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियमविपरीत अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनको भनाइ थियो ।
समितिमा विचाराधीन विधेयक फिर्ता भएपछि मात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गर्दै नेपालले ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने बताए ।
प्रतिक्रिया
One thought on “माधव नेपालको दाबी- अहिले सत्ताको दुरुपयोग भइरहेको छ (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
किन तिमीले पद र पैसा पाउन छोडेकाले ?