रवि लामिछानेलाई आजै धरौटी बुझाएर थुनामुक्त गराइँदै – Nepal Press

रवि लामिछानेलाई आजै धरौटी बुझाएर थुनामुक्त गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुने भएका छन् । अहिले उनको धरौटीका लागि प्रक्रिया भइरहेको निकट स्रोतले बतायो ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटी मागेको छ । यसअघि कास्की जिल्ला अदालतले मागेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए । काठमाडौं जिल्ला अदालतले मागेको रकम बैंक ग्यारेन्टीमार्फत आजै बुझाइने स्रोतको भनाइ छ ।

सम्भवतः रवि आजै थुनामुक्त हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर