रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी – Nepal Press

रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

यसअघि रोकिएको अध्यादेश आज जारी भएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको थियो ।


प्रतिक्रिया

One thought on “रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

  1. धन्यवाद राष्ट्रपतिज्यू । ओलिले जे गर्छन समग्र जनता र देशको हितमा नै गर्छन् । ढुक्क परौं । उनी नेपाल र नेपालीको अहित चिताउनै सक्दैनन् । यसमा म चाहिँ ढुक्क छु । अरूजस्तो नेता होईनन् ओलि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर