राज्यमन्त्री अरुण चौधरीविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दाको रिट खारेज
नेपाल प्रेस
२०८१ माघ २ गते १८:३९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीविरुद्धको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संयुक्त इजलासले चौधरीविरुद्ध परेको मुद्दाको रिट खारेज गरेको हो ।
कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद चौधरी पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए । यस अघि उक्त रिटमा बहस सकिएर निसु तोकिएको थियो ।
आदेशमा भनिएको छ, ‘उम्मेदवारी दर्ता गर्दा पेश गरेको मनोनयन पदमा जानी–जानी झुठो विरण पेश गरेको भए सो विषयको उजुरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृत समक्ष वा ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानूनी उपचारको बाटो अबलम्बन नभएको परिप्रेक्षमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुदाँ रिट निवेदन खारेज हुने ठहर्छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर