हुम्लामा हिमपात, जनजीवन प्रभावित – Nepal Press

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला ।  जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो ।

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । हिमपातका कारण जनजीवन प्रभावित भएकाे  छ ।

यसवर्ष जिल्लामा पाँचाैँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *