साना कम्पनीले पनि आईपीओ ल्याउन पाउने – Nepal Press

साना कम्पनीले पनि आईपीओ ल्याउन पाउने

काठमाडौं । अब साना कम्पनीहरुले पनि आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ कार्याविधि बनाएर साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न दिने भएको हो ।

साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ ।

‘नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम बोर्डबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनेको हो । २०८१ साल माघ ३ गतेबाट लागू हुने गरी जारी गरिएको छ । साथै यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत पत्राचार गरिएको छ’, बोर्डले निकालेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *