लुम्बिनीमा पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्छ : महासचिव पोखरेल – Nepal Press

लुम्बिनीमा पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्छ : महासचिव पोखरेल

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकास गर्न पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसंगको छलफलमा महासचिव पोख्रेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको र त्यससंग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको बताएका हुन ।‘पर्यटननै विकासको मुल आधार हो ।

पर्यटनसँग जोडिएका उत्पादनशिल क्षेत्र हस्तकला, पोशाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’उनले भने,‘पर्यटनमैत्री वातावरण निर्माण पनि प्राथमिकतामा पर्न जरुरी छ ।’

लुम्बिनी क्षेत्रको भित्रको मात्रै विकास भएर नहुने, बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउनेगरी विस्तृत गुरुयोजना निर्माण आवश्यक रहेको धारणा राखे ।‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ । त्यो योजनाले लुम्बिनी भित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस ।’

लुम्बिनी प्रदेश स्थापना भएपछि अहिले सम्मको अवधिलाई हेर्ने हो भने लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुकोलागि पहिला भन्दा अहिले राम्रो पूर्वाधारहरु निर्माण भएको सुनाए ।

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका पोखरेलले राप्ती उपत्यका देउखुरीको प्रशासनिक केन्द्रको समेत अवलोकन गरेका थिए ।

वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पोखरेललाई स्वागत गर्दै प्रदेश प्रशासनिक केन्द्र निर्माणको कामले गति लिएको र समयमै काम सम्पन्न हुने जानकारी दिएका थिए ।

पार्टी महासचिव पोख्रेलसंगै मुख्यमन्त्री आचार्य, लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत विभिन्न छलफल र भेटमा सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर