शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस – Nepal Press

शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस

जनकपुरधाम । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेश सरकारद्वारा आयोजित सातौं बलिदानी दिवस समारोह शहीदका परिवारले विथोलेका छन् ।

कार्यक्रममा बोलाइएका शहीद परिवारले आफूहरुलाई अपमानपूर्वक एकएक हजार रुपैयाँ दिएको भन्दै दिवस विथोलेका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरु नै सहभागी कार्यक्रम उनीहरुले विथोलेका छन् ।

रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर बेइज्जत गरेको भन्दै शहीद परिवारले आक्रोश पोखे ।

अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरुको सम्बोधन गर्ने आश्वासन दिए ।

उनले भने, ‘कर्मचारी साथीहरुलाई पनि समस्या छ । अहिले प्रक्रिया पुगेन भने आर्थिक वर्षको अन्त्यमा सबै बेरुजु ठहर भइहाल्छ । यहाँ व्यवस्थित तरिकाले यातायात खर्च वितरण गरेको भए यति ठूलो समस्या नै हुने थिएन । ठीक छ, तपाईंहरुको आक्रोशको पनि सम्बोधन हुन्छ ।’

आन्दोलनका क्रममा घाइतेहरुको अवस्था हेरेर एक लाख, डेढ लाख र दुई लाखसम्म बैंक खातामा पठाउने तथा अन्य समस्याहरुको पनि सम्बोधन गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

One thought on “शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस

  1. जनताले विना कारण लडेर नेतालाई भ्रष्टाचार गर्ने लाईसेन्स दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर