जिल्लाको विकास गर्न स्थानीय सरकार अग्रसर हुनुपर्छ: सभामुख घिमिरे – Nepal Press

जिल्लाको विकास गर्न स्थानीय सरकार अग्रसर हुनुपर्छ: सभामुख घिमिरे

रामेछाप । सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरेको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताए ।

सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता भएको प्रथम जिल्ला अधिवेशनले नवीन घिमिरेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानको नयाँ कार्यसमितिमा उपाध्यक्षद्वय अञ्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुला), सचिवमा सुन्दर घिमिरे र सहसचिव वेदकुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरेका साथै सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, शिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर