दुःखी आत्मा गीत : आँचलसँग दयाको ‘जुनी जुनीलाई’ – Nepal Press

दुःखी आत्मा गीत : आँचलसँग दयाको ‘जुनी जुनीलाई’

काठमाडौं । टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो ।

यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ ।

फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपुर गरिएको देख्न सकिन्छ ।

आलोक शुक्लाको छायांकन रहेको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

सामाजिक सञ्जाल टिकटकमा यो फिल्मको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर