खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला कोहलपुरबाट चोरी (भिडिओ) – Nepal Press

खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला कोहलपुरबाट चोरी (भिडिओ)

प्रहरी भन्छ- खेलाडीको लापरवाहीले चोरी भएको हो

दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भएको छ । आज दिउँसो करिब १ बजे बसपार्कबाट मेडल र पासपोर्ट राखिएको खेलाडीको झोला चोरी भएको इप्रका कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीका अनुसार खेलाडीहरू बर्दियाका हुन् । उनीहरू घर जान भनेर काठमाडौं देखि हवाइ मार्ग राँझा एयरपोर्ट कोहलपुर बसपार्क आएका थिए ।

गाडी नजिकै झोला राखेर खाजा खान गएका बेला सबै खेलाडीको मेडल र पासपोर्ट राखिएको झोला चोरी भएको प्रहरीले जनाएको छ ।

डीएसपी भण्डारीले खेलाडीकै लापरवाहीले चोरी भएको बताए । झखेलाडीकै लापरवाहीले चोरी भएको हो ।’ डीएसपी भण्डारीले नेपाल प्रेससँग भने,झसिसिटिभि हेरेर चोरको खोजी गरिरहेका छौँ ।’ प्रहरीका अनुसार बर्दियाका खो खो खेलाडी बिना मेडल रित्तो हात घर फर्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *