भारतको ७६ औं गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना – Nepal Press

भारतको ७६ औं गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।

भारतको ७६ औ गणतन्त्र दिवसको शुभकामना दिँदै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई ‘न्यानो बधाई’ सामाजिक सञ्जाल एक्सबाट दिएका छन् ।

बधाई तथा शुभकामना सन्देशमा ओलीले लोकतन्त्र, राष्ट्रिय एकता र दुई देशको मित्रताको अझ अगाडि जाने कामना गरेका छन् ।

सन १९५० जनवरी २६ मा भारतीय संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।

यसरी मनाउँदा कुनै एक सरकार तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथि बनाउने चलन छ । यो साल इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो प्रमुख अतिथि छन् ।

नेपालबाट राजा त्रिभुवन र वीरेन्द्र बाहेक अरू प्रमुख अतिथि भएका छैनन् ।

त्रिभुवन सन १९५१ मा प्रमुख अतिथि बनाइएका थिए भने वीरेन्द्र सन १९९९ मा प्रमुख अतिथि बनाइएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर