मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्, उनीहरूको आशा पुग्नेवाला छैन : प्रम ओली (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रुघा लागेर हाच्छ्यूँ गर्दा अक्सिजन लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाउनेहरूलाई जवाफ फर्काएका छन् ।
केही दिनयता आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको विरोध र टिप्पणीलाई लक्षित गर्दै उनले फोटो राख्नेहरूको आशा नपुग्ने बताए ।
सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई रुघाखोकी लागेकाले सामान्य कमजोर बनाएको बताए ।
उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला । मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।’
फोटो राख्ने दिल्लीका भाडाका टट्टु हुन् ।
सम्माननीय प्रधानमन्त्री ज्यु! हजुर नै एकमात्र चर्चित निस्कलङ्क राजनेता हुनुहुन्छ। प्रधानमन्त्रि अफर पाएकै यो स्वर्णिम अबसरमा , देश नेपाल बलियो विकास को गतिमा अगाडि बढाईदिनोस। समृद्द नेपाल ,सुखि नेपाली पारेरै छाड्नुस, अरु त केवल राजनितिका जागिरे अनि व्यवसायि जस्ता भए। तेस्ता जागिरले खास देश बच्दैन, नेपाली जीवन थप सङ्कटमा पर्न सक्छ। यो देशकोअभिभावकत्व अब हजुरमा छ। अरु समेट्नुस, अटाउनुस । ताकि हजुरको योगदान कहिल्यै नबिर्सने बनोस। जय जय जय।