हाम्राे राजनीति बरालिन थाल्याे, पार्टी भनेकाे चुनाव टू चुनावमात्र हाेइन : पूर्वराष्ट्रपति भण्डारी
'पार्टीले पठाएर राष्ट्रपतिकाे जिम्मेवारीमा गएँ, अब मेराे भूमिका एमालेमा त हाेला नि !'
विराटनगर । शीतल निवासबाट बिदा भएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व महामहिमका हैसियतमा चुप चाप बस्ने धेरैको अनुमान विपरीत सक्रिय हुन थालेकी छन् । उनको सक्रियतालाई एमालेकै केही नेता कार्यकर्ताले पचाउन नसकिरहेको बेला इटहरीमा भएको कार्यक्रममा उनले पाटी भनेको कमिटी टु कमिटी मात्रै नभएको भन्दै जवाफ दिएकी छन् ।
अनौपचारिक भेटघाट भनिएको कार्यक्रममा भनिन् पार्टी भनेको चुनाव टु चुनाव मात्रै पनि होइन । हाम्रो राजनीति बरालिएको छ उनले भनिन्, चुनाव जित्ने अनि फेरी चुनाव जित्ने । उनले पाटी कमिटी भन्दा बाहिर पनि पाटी भएको बताइन् । उनले आफूलाई एमालेले राष्ट्रपतिका लागि पठाएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा रहँदा राष्ट्रपतिकै काम गरेको बताइन् ।
उनले भनिन्, ‘अब म राष्ट्रपतिको भूमिकामा छैन । एमालेमा त होला नि ? उनले आफ्ना समकालीन र अग्रजहरूसङ भेटघाट गर्ने योजना सहित कोशी प्रदेश आएको बताइन् । उनले भेटघाट कार्यक्रमको मञ्चमा बसेका धेरै नेताहरूको नाम लिँदै भनिन् अहिले त उहाँहरूसँगको दूरी पनि बढेको छ । उहाँहरू एमालेको नेताहरू हुनु भएको छ । म चाहिँ अहिले साझा साझा जस्तो भएछु ।’
मञ्चमा एमाले उपाध्यक्ष गुरु बराल, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, केन्द्रीय सदस्य लक्ष्मी गौतम, केन्द्रीय सदस्य अमृता सुब्बा, केन्द्रीय सदस्य मञ्जु भण्डारी लगायत थिए । यस्तै एमाले सुनसरी इन्चार्ज जगदीश कुसियैत र कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेबतीरमण भण्डारी मञ्चमा थिए ।
कार्यक्रममा उनले राजनीति भनेको यान्त्रिक मात्रै नभएको बताइन् । अहिले यान्त्रिक जस्तो भयो की ? उनले प्रश्न गर्दै भनिन्, राजनीति भनेको काम गर्न जाने हो । पद मात्रै ओगट्ने होइन । पार्टीले काम गर्छु भन्छ तर किन काम गर्दैन रु स्वास्थ्य क्षेत्रको प्रसङ्ग निकाल्दै उनले पाटीले राम्रोसँग काम गर्न नसेको बताइन् । मैले एमालेलाई मात्रै भनेको छैन । अस्पताल जाँदा डाक्टरको व्यहारले आधा रोग निको हुनु पर्ने हो । तर व्यवहारले २ सय प्रतिशत बिराम बढेको सुन्छु । मलाई त परेको छैन । मैले सुनेको छु । पाटीले स्वास्थ्य विभाग पनि बनाएका छन् । आफ्ना स्वास्थ्यकर्मीहरूलाई किन पढाउदैनन ? कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले महिलालाई नेतृत्वमा पुग्न धेरै जन्जिर तोड्न पर्ने बताइन् ।
उनले महेन्द्र मोरङ क्याम्पसमा स्ववीयूमा कोषाध्यक्षको उम्मेदवार बन्दाको विद्यार्थी कालको संस्मरण सुनाउँदै भनिन्, त्यो बेला सभापतिमा भरतराज पोख्रेललाई उठाइयो । मलाई कोषाध्यक्षको उम्मेदवार बनाइयो । महिलालाई त्यो बेला पनि महिलालाई पहिलो पदमा उठ्न दिइँदैन थियो । क्षमता नभएर सभापति नबनाएको होला मेरो क्षमता नभएको भए राष्ट्रपति हुन्थे त ?
पूर्व राष्ट्रपति भण्डारीले युवाहरूको अवस्था देखेर मन जलेको भन्दै केही गर्नका लागि शक्तिमा आउनु पर्ने बताइन् । उनले भनिन्, शक्ति भनेको सङ्गठन हो । केही गर्नका लागि सङ्गठन बनाएर काम गरौँ । उनले आफू राष्ट्रपति हुँदा ३ तहको सुरक्षा घेरामा रहेको भन्दै अव आफू कार्यकर्ताको सुरक्षा घेरामा रहेको बताइन् ।
उनले भनिन् अव म तपाँइहरुको सुरक्षा घेरामा छु । छलफल गरौँ छलफल गर्नका लागि फुर्सदमा छु । उनले मङ्गलवारका लागि तय गरेको कार्यक्रममा सहभागी हुन एक दिन अगावै विराटनगर आएको बताउँदै २ ४ दिन अझै छलफल र कुराकानी गर्न बस्ने बताइन् ।
एमाले उपाध्यक्ष कार्यक्रम सञ्चालक
एमालेका उपाध्यक्ष हुन् गुरु बराल । १७ साउन २०८१ मा पाटीको उपाध्यक्षमा मनोनीत भएका बरालले मङ्गलवार भण्डारी प्रमुख वक्ता भएको कार्यक्रम सञ्चालन गरेका छन् । सुरुमा अनौपचारिक भनेर इटहरीको बरन्डा होटलमा तय गरेको कार्यक्रमको सुरुवात कसले गर्ने कसले गर्ने भएपछि बराल आफैले सुरु गरेका हुन् । राष्ट्रपतिलाई वक्ताको रूपमा आमन्त्रण गर्न अघि उपाध्यक्ष बरालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्दै गएको बताए ।
उनले देशको सुशासन, विकास र समृद्धि अहिलेको आवश्यकता रहेको भन्दै भण्डारीले राष्ट्रपतिको रूपमा रहँदा देशको शिर उँचो राख्न धेरै काम गरेको बताए । पूर्व राष्ट्रपति भण्डारीको जन्म, शिक्षा र राजनीतिक संलग्नता यही प्रदेशबाट भएको भन्दै बरालले महिला अधिकारको ग्यारेन्टी गर्न भण्डारीको प्रभावशाली भूमिका रहको भन्दै वक्ताको रूपमा आमन्त्रण गरेका थिए । भण्डारीले बोल्ने कार्यक्रममा बरालले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा समेत गरिन् ।
उनले आफू पहिला एमालेको उपाध्यक्ष भएको र अहिले बराल उपाध्यक्ष भएको भन्दै आफ्नो ठाउँ लिएको बताइन् । उनले भनिन्, हिजो म एमालेको उपाध्यक्ष थिए ।अहिले गुरु जी हुनु भएको छ । म बेला बेला भन्छु मेरो जिम्मेवारी सम्हाल्नु भएको छ । जिम्मेवारी सम्हाल्नु भनेको मेरो बिचार पनि बोक्नु हो नि । भण्डारीले यसो भन्दा हलमा ताली बजेको थियो ।
सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्न उनी सोमबार विराटनगर आएकी थिइन् । उद्घाटन कार्यक्रम भने मङ्गलवारका लागि तय गरिएको थियो । कार्यक्रम हुनुभन्दा एक दिन अगाडि नै विराटनगर आएकी भण्डारीले विराटनगर बस्दा थुप्रै अनौपचारिक कार्यक्रम र भेटघाट गरेकी छन् । उनले गरेका अधिकांश भेटघाट महिलाहरूसँग थियो । एमालेको उपाध्यक्ष हुनु भन्दा अगाडि भण्डारी अखिल नेपाल महिला सङ्घको नेतृत्वमा थिइन् । त्यही नाताले पनि उनलाई भेट्न झापा सम्मको महिला सङ्घको टोली विराटनगर र इटहरी सम्म आइपुगेको छ ।
सोमबार १ बजे विराटनगर आइपुगेकी भण्डारीलाई सबै भन्दा पहिला महिला सङ्घ कोशी प्रदेश कमिटीका नेताहरूले भेटेका थिए । त्यसपछि उनले विराटनगरका पत्रकारसँग भेटघाट गरेकी थिइन् ।
पत्रकारसँगको भेटघाटमा राजनीतिमा फर्कने सङ्केत गरेकी भण्डारीलाई सोमबार नै विराटनगरका विभिन्न क्याम्पसमा विज्ञान प्रविधि अध्ययन गर्ने युवा विद्यार्थीहरूलाई भेटेका थिए । विराटनगरको विग होटलमा बसेकी भण्डारीलाई भेट्न साँझ देखि अबेर सम्म एमालेका दर्जन बढी नेताहरू पुगेका थिए । उनलाई भेटेन एमालेका स्थायी कमिटी सदस्यहरू समेत पुगेको श्रोतले जनाएको छ ।
मङ्गलवार बिहान अनेमसंघ मोरङको टोलीले भेटेको थियो । त्यसपछि सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन गएकी भण्डारीले जनता माध्यमिक विद्यालयको भवन उद्घाटन गरेकी थिइन् । साँझ उनलाई भेट्न झापाबाट महिलाको टोली आएको थियो ।
गफै हुन् भाईरल हुने ।