नेयमारले छोडे अल हिलाल, अब ब्राजिल फर्कन सक्ने – Nepal Press

नेयमारले छोडे अल हिलाल, अब ब्राजिल फर्कन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियरले साउदी प्रो लिग क्लब अल हिलाल छाडेका छन् ।

सन् २०२३ को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट अल हिलाल पुगेका नेयमारले साउदी छाडेका हुन् ।

अल हिलालमा आबद्ध भएएता चोटसङ्ग जुधिरहेका नेइमारले गत सिजन क्लबको तर्फबाट धेरै खेल गुमाएका थिए ।

उनले प्रो लिगमा हिलालको तर्फबाट ७ खेल मात्र खेल्ने मौका पाएका थिए ।

९० मिलियन युरोमा अल हिलाल पुगेका नेइमारको लागि साउदी बसाई चोटको कारण समस्याग्रस्त बनेपछि क्लबले विज्ञप्तिमार्फत नेयमारसँग आपसी सम्झौता समाप्त भएको जानकारी दिँदै धन्यवाद दिएको छ ।

अब उनी ब्राजिलकै पुरानो क्लब सान्तोसमा फर्कन सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर