प्रेस चौतारीको बर्दियाको अध्यक्षमा दोहोरिए सापकोटा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/Sapkota-Bardiya.jpg)
रूपन्देही । प्रेस चौतारी नेपाल बर्दिया शाखाको अध्यक्षमा पुनः यज्ञ प्रसाद सापकोटा सर्वसम्मतले निर्वाचित भएका छन् । बर्दियाको बढैयातालमा भएको ९ औँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर सुनार, महिला उपाध्यक्षमा सृजना वली, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सरम चौधरी र राजकुमार विक, कोषाध्यक्षमा सौगात श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा मान बहादुर आले, दिनेश ठाकुर, जोधिराम चौधरी, मिलन विक र राज बहादुर क्षेत्री र केन्द्रीय प्रतिनिधिमा जीवन कला थापा(मिना), सुदिप अधिकारी र मानबहादुर चौधरी निर्वाचित भए भने प्रदेश प्रतिनिधिमा पुष्कर काफ्ले र सुमित्रा बराललाई छनोट गरेको छ ।
अधिवेशनमा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवालीले जनसंगठनमा महत्वपूर्ण र उत्कृष्ट संगठन प्रेस चौतारी भएको बताए । उनले प्रेस चौतारी नेपाल बर्दियाले खोज पत्रकारितातर्फ ध्यान दिनुपर्ने बताउँदै समाजमा भएका गतिविधिहरुलाई चुस्त दुरुस्त रुपमा अगाडि ल्याउनुपर्ने बताए ।
नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले प्रेस चौतारी नेपालले आफ्नो संगठनलाई सुदृढ बनाउँदै व्यवसायिकतातर्फ ध्यान दिनुपर्ने बताए ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले बर्दिया जिल्लाका जुझारु पत्रकार र पूर्व अध्यक्षहरुले प्रेस चौतारीलाई नवौँ जिल्ला अधिवेशनसम्म ल्याईपुर्याएको बताए ।
उनले बर्दिया जिल्लाको विकास र व्यवसायिक पत्रकारिताको लागि प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्दै आएको जनाए ।
पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध गलत प्रचार प्रसार धेरै भईरहेको बताउँदै त्यसलाई चिर्नका लागि अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रेस चौतारीको तर्फबाट नेपाल पत्रकार महासंघ बर्दिया शाखामा निर्वाचित भएका पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य र प्रदेश पार्षदलाई सम्मान गरिएको थियो ।