आन्दोलनरत असन्तुष्ट पक्षलाई वार्तामा आउन कोशी सरकारको आह्वान – Nepal Press

आन्दोलनरत असन्तुष्ट पक्षलाई वार्तामा आउन कोशी सरकारको आह्वान

विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रुपमा वार्ताको आव्हान गरेको हो ।

ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढीरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टी जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए । आजको बैठकको निर्णयमा, ‘असन्तुष्ट पक्षहरुसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रुपमा वार्ताको लागि आव्हान गर्दछ’ उल्लेख छ ।

प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर