सिरहामा सवारी दुर्घटना, एक मजदुरको मृत्यु – Nepal Press

सिरहामा सवारी दुर्घटना, एक मजदुरको मृत्यु

सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका- ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो ।

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पूर्व-पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुँदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका-६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए ।

पासवानका अनुसार, ट्याक्टरको टोलीमा सवार रहेका मजदुर उक्त ट्याक्टरको इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *