मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य (सूचीसहित)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/09/Nepse-0.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो ।
नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरिएको छ । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्यमा परेका छन् ।
मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था, ९ जीवन बिमा, ९ निर्जीवन बिमा, एक पुनर्बीमा, ४ लगानी समूह, उत्पादन समूहका ३ कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबार योग्य रहेको नेप्सेले जनाएको छ ।
कुन–कुन परे ? (सूचीसहित)