व्यवसायीले भोग्नुपरेको प्रक्रियागत झन्झटलाई सरकारले अन्त्य गर्दैछ : देउवा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/1738130907503.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानुनी तथा प्रक्रियागत झन्झटलाई अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको बताएका छन्।
नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी विभागको सम्मेलनलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत ल्याएको कानुनले यस क्षेत्रको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले नपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरूको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठन गरेको बताए।
मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको देखिएको बताए। देशको अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको उनको भनाइ छ।