अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी, सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत – Nepal Press

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी, सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् । विश्वविद्यालय र उपत्यका विशेषको बुधवार सम्पन्न मतगणनामा फुलमायाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको हो

यस्तै सचिव खुलामा सम्झना राई, प्रैम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । यस्तै सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । समग्र सचिवमा उपरकोटी नै सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

यस्तै सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

अन्य पदको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी, सचिवमा उपरकोटी र राईलाई सर्वाधिक मत

  1. आधुनिक जमानामा पनि पुरातनबादी बिचार-कम्युनिष्ट बोकेर हिड्छन् त मनुवाहरू !! टिठ लाग्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर