पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे ताप्लेजुङका सांसद भट्टराईको १९ बुँदे ध्यानाकर्षण


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताए ।
उनले भने, ‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो ।’
पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने
वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको बताएका छन् ।
उनले भने, ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किनेखालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’
ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले जिल्लाका सबै राजनीतिक दल र सबै तहका जनप्रतिनिधि केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पार्दै त्यसबाट जिल्लाबासी र स्थानीय जनताले लाभ पाउनुपर्ने बताएका छन् । उनले बाहिर प्रचार गरेजस्तो २५ हजार रुख काटिने हल्ला गलत रहेको बताएका छन् ।
भट्टराईले केबलकार कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको विकास तथा स्थानीयको रोजगारीमा सहयोग गर्नुपर्ने बताएका छन् । उनले केबलकार प्रभावित क्षेत्रका नागरिकलाई शुलभ शेयरको व्यवस्था गर्न र केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने पत्रकार सम्मेलनमा बताए ।
सच्चा नेपाली क्रान्तिकारी नागरिक- मकुम्लुङ देवी कि जय, जय, जय!