स्टार्टअपमा बैंकले लगानी गर्न सक्दैन, सरकारी स्रोत खोज्नु पर्छ: डीसीईओ ज्ञवाली  – Nepal Press

स्टार्टअपमा बैंकले लगानी गर्न सक्दैन, सरकारी स्रोत खोज्नु पर्छ: डीसीईओ ज्ञवाली 

काठमाडौं । नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज ज्ञवालीले बैंकहरुले स्टार्टअपमा लगानी गर्न नसक्ने बताएका छन् । नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सिनियर डीसीईओ ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए । स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाई छ । बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए । स्टार्टअपहरूले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरू खोज्नुपर्ने उनको सुझाव छ ।

‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारको सदस्यहरूबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईँको पछि पछि लाग्छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *