राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाई राजविराजमा प्रशिक्षण : पहिलाे दिन के-के भयाे ?
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/rpp-2.jpg)
काठमाडौं । राप्रपाबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई राजविराजमा पार्टीले प्रशिक्षण दिइरहेकाे छ ।
बुधवार पहिलाे दिनकाे प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरुले उनीहरुसँग छलफल गर्नुका साथै विभिन्न विषयमा प्रशिक्षित गराएका थिए ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग लगायतका नेताहरुबाट प्रशिक्षण दिएकाे विभागकी उपप्रमुख एवम् पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले जानकारी दिइन् ।
प्रशिक्षणमा अध्यक्ष लिङदेनले राप्रपाको राजनीतिक दृष्टिकोण, विकासको वैकल्पिक मार्गचित्र र पार्टीको घोषणापत्र प्रस्तुत गरेका छन् ।
त्यस्तै, नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले स्थानीय तहको कानुन निर्माण र न्यायिक सवालका विषयमा सम्बाधेन गरेका छन् ।
राप्रपा मुख्य सचिव केदार बहादुर अधिकारीले राजस्व अनुमान, बजेट तर्जुमा र अनुदानका विषयमा प्रशिक्षित गरेका छन् ।
स्थानीय तहको सामाजिक मुद्दाहरु, स्थानीय तहमा मेलमिलाप र सिफारिशका कानुनी र व्यवहारिक पक्ष, व्यवस्थित बस्ती विकास, भवन संहिता र विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनका विषयमा पनि जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएकाे ओलीले बताइन् ।