अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/Vijaya-Sapkota-.jpg)
काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
अन्तिम मतगणनाअनुसार सापकोटा ७० मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित विजय प्रकाश सापकोटाले ६८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी हेमन्त राई ६१५ मत प्राप्त गरेका छन् । सापकोटाले निकटतम प्रतिस्पर्धी राई भन्दा ७१ बढी मत प्राप्त गरेका हुन् ।
सापकोटा हेडक्वार्टर एवम पार्टी उपमहासचिव शक्ति बस्नेत निकट मानिएका थिए भने उनी अखिल (क्रान्तिकारी)मा उमेर हद लगाउनु हुदैँन भन्ने पक्षमा खुलेरै लागेका थिए ।
उनी उमेर हदको विपक्षमा खुलेरै लागे पनि उमेर हद लगाउनुपर्ने पक्षको जित भएपछि यस अघि संगठनका उपाध्यक्ष र अध्यक्षको मैदानमा रहेका १८ जनाको समर्थन पनि उनैले पाएका थिए । यस्तै, अध्यक्षका उम्मेदवार उपदेशकुमार यादवले ३१० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुदिन पौडेलले १९२ मत प्राप्त गरेका छन् ।
यादव पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । बरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान एवम गृहमन्त्री हुदाँ उनी सचिवालयमा कार्यरत थिए । यस्तै पौडेल पार्टी उपमहासचिव बर्षमान पुन निकट मानिन्छन् । उनी पनि पुन अर्थमन्त्री रहदाँ सचिवालयमा कार्यरत थिए ।
प्रचण्ड एण्ड कम्पनिले धाँधली गरेरै छोडे । माओवादीमा अब प्रचण्डजस्ता विहानदेखि बेलुकासम्म १७ पटक झुट बोल्नेको खैरियत छैन ।