सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी – Nepal Press

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी

काठमाडौं । प्रेस सेन्टर नेपालले सरकारले ल्याएको संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त विधेयक जनयुद्ध र जनआन्दोलनमार्फत आएको संविधानको भावना र मर्म विपरित भएको भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको हो ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रतिसंगठनको संगठनको गम्भीर ध्यानाकर्षण भएको संगठनका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘सरकारले गरेको गतिविधि र निर्णय एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’, महासचिव पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टर नेपालले माग गरेको छ । माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि सेन्टरले विज्ञप्तीमार्फत चेतावनी दिएको हो ।


प्रतिक्रिया

One thought on “सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी

  1. अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिको चरित्र हत्या गर्न, छाडा बोल्न, झुठा कुरा लेख्न बोल्न र यसलाई कमाउने भाँडो बनाउन बानी परेकाले त विरोध गर्ने नै भए नि । फेरि यिनै विज्ञप्ती निकाल्ने विरूद्व अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरेमा यी फेरि बहुलाउँछन् । बिडम्बना हाम्रो देशको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर