विपिन जोशी जीवित भएको इजरायली मिडियाको सङ्केत- बिहीबार रिहाइ हुने बन्धकमा अटाएनन्
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/bipin-joshi.jpg)
काठमाडौं । विपिन जोशी जीवित रहेको इजरायली मिडियाले सङ्केत गरेको छ ।
इजरायलको अखबार टाइम्स अफ इजरायलका अनुसार हमासको बन्धक सूचीमा आठ थाईल्याण्डका, एक नेपाल र एक तान्जानियाका नागरिक भएको भनिएको छ ।
हमासको कब्जामा भएका एक मात्र नेपाली बन्धक विपिन जोशी हुन । दुई थाई नागरिकको ज्यान गएको पुष्टि भएको बताएको टाइम्स अफ इजरायलले ‘एक नेपाली’ बन्धक भएको उल्लेख गरेको छ ।
नेपालीको हताहत भएको कुरा गरेको छैन । तर, जनवरी ३० मा अर्थात् बिहीबार रिहाइ हुने सूचीका तीन जना बन्धकमा विपिन जोशीको नाम भने अटेको छैन ।
दुई महिला र एक ज्येष्ठ नागरिक सूचीमा छन् । १९ वर्षकी अगम बर्गर, २९ वर्षकी आर्बेल येहुद र ८० वर्षका गदि मोसे मोसेस रिहाइ हुने सूचीमा अटाएका छन् ।