आजदेखि त्रिदेशीय महिला टी-२०आई सिरिज, नेपालले नेदरल्याण्ड्ससँग खेल्दै – Nepal Press

आजदेखि त्रिदेशीय महिला टी-२०आई सिरिज, नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी-२०आई सिरिज सुरू हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

नेपालले महिला क्रिकेटमा पहिलो पटक नेदरल्याण्ड्ससँग भिड्न लागेको हो ।

सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *