विपक्षी दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८१ माघ १७ गते ९:३०
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/bipakshi-dal-e1738208691297.jpg)
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक जारी रहेको छ ।
शुक्रवारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो अडान के हुने भन्ने लगायतका विषयमा छलफल गर्न विपक्षी दलका नेताहरु भेला भएका हुन् ।
सिंहदरबारमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।
यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर