पिस्कर आन्दोलनका पुराना नेता बोहराको निधन – Nepal Press

पिस्कर आन्दोलनका पुराना नेता बोहराको निधन

काठमाडाैं । नेकपा एमाले सिन्धुपाल्चोकका पुराना नेता छत्रबहादुर बोहराको निधन भएको छ।

उनको हेल्पिङ ह्यान्ड अस्पताल चाबहिलमा ८३ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।

साविक पिस्कर गाविसका पूर्व अध्यक्ष समेत रहेका बोहराले पिस्कर आन्दोलनका कारण लामो समय जेल जीवन बिताएका थिए ।

माओवादीहरुले बोहरालाई सुराकीको आरोप लगाउँदै लामो समय उनको घरमा ताल्चा लगाएर घर निकाला समेत गरेको थियो । माओवादीले लगाएको ताला उनको भाइ एमाले नेता अमृतकुमार बोहराले २०६३ सालमा खोलेका थिए ।

पशुपति आर्यघाटमा एमाले बरिस्ठ उपाध्यक्ष इस्वर पोखरेल ,एमाले उपाध्यक्ष एवम उनको बुहारी अष्टलक्ष्मी शाक्य,केशव बढाल लगायत नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको झण्डा ओडाएका थिए । एमाले नेता अमृतकुमार बोहराका माइला दाइ बोहराको श्रीमती,तीन छोरा र एक छोरी छन्।


प्रतिक्रिया

One thought on “पिस्कर आन्दोलनका पुराना नेता बोहराको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर