उडानकै क्रममा यात्रुवाहक जहाज र सैनिक हेलिकप्टर अमेरिकाको राजधानीमा जुधेर दुर्घटना

२०८१ माघ १७ गते ११:३०

काठमाडौं । एक यात्रुवाहक जहाज र सैन्य हेलिकप्टर अमेरिकाका जुधेका छन् ।
तीन सैनिक सवार हेलिकप्टर र चार चालक दलका सदस्यसहित ६० यात्रु बोकेको अमेरिकन एयरलाइन्सको जहाज जुधेर वासिङ्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार स्थानीय समय अनुसार रातको ९ बजे दुर्घटना भएको हो ।
उद्धार कार्य जारी भएको भन्दै जीवित उद्धार कसैको नभएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘दु:खद’ भन्दै आपतकालीन उद्धारकर्ताको प्रयत्नको लागि ‘धन्यवाद’ दिएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर