विपक्षी दलको निष्कर्ष- सरकारको नियत नै बेठिक छ, सडकमा जानुपर्ने हुनसक्छ – Nepal Press

विपक्षी दलको निष्कर्ष- सरकारको नियत नै बेठिक छ, सडकमा जानुपर्ने हुनसक्छ

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्ने निष्कर्ष निकालेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलहरूको बैठकले सरकार सुशासन, जनजीविका र जनताको आवाजहरु सम्बोधन गर्ने विषयमा चुकेको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

उनले भने, ‘विपक्षीहरुले आआफ्नो धारणाहरू पनि छन्। तर, हामी एक ठाउँमा आएको इस्युलाई व्यवस्थित ढंगबाट उठाउनुपर्छ। सरकार अहिले अध्यादेशको मार्फतबाट जान खोजिरहेको छ। यो बेठिक छ। सदनलाई हामीले जनताको आवाज सशक्त ढंगले उठाउनुपर्छ। विगतमा यही नेतृत्वबाट संसद विघटनसम्मको स्थिती देखा परेको थियो। त्यसमा आवश्यक परे अरु सडकको तयारी पनि गर्नुपर्ने हुन्छ।’

सरकारले अध्यादेशबाट छिटो कानून बनाउन ल्याएको भनेर जनतामा भ्रम छरिरहेको पनि टिप्पणी गरे। सरकारको नियत नै बेठिक छ भन्ने सबैको बुझाइ रहेको उनले सुनाए।


प्रतिक्रिया

One thought on “विपक्षी दलको निष्कर्ष- सरकारको नियत नै बेठिक छ, सडकमा जानुपर्ने हुनसक्छ

  1. दिल्लीका भाडाका टट्टुहरूलाई ओलि सरकारदेखि एलर्जि भएको छ । देश बेच्न नपाएर र यहि सरकार भए कमाउने बाटो बन्द हुने भएकाले छटपटी भएको छ । अहिले बेला न कुबेला, न कुनै विषय छ किन सडक आन्दोलन ? सडकमा आए भने जनताले यी भाडाका टट्टुहरूलाई लखेटनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर