शिक्षामा डिजिटल रुपान्तरणको अभियान चलाउँदै नेपाल स्टिम एलायन्स, बुटवलमा गरिँदै बृहत् सम्मेलन – Nepal Press

शिक्षामा डिजिटल रुपान्तरणको अभियान चलाउँदै नेपाल स्टिम एलायन्स, बुटवलमा गरिँदै बृहत् सम्मेलन

रुपन्देही । नेपाल स्टिम एलायन्सले शिक्षामा डिजिटल रुपान्तरणको अभियान चलाउँदै आएको छ । यही विषयमा सरोकारवालालाई जानकारी रुपन्देही आसपासका दुई हजार जनालाई निःशुल्क प्रशिक्षण दिनेगरी बुटवलमा बृहत् कन्फ्रेन्स आयोजना गर्न लागिएको छ ।

कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा नेपाल स्टिम एलायन्सले शनिबार ‘स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने विषयमा विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा सरोकार राख्नेहरुले जानकारी दिन खोजेको जनाएको छ ।

लुम्बिनी कोडिङ ओलम्पियाड २०८१ को घोषणा गरेको नेपाल स्टिम एलायन्सका हेड अफ एकेडेमिक्स दिपर्सन श्रेष्ठले बताए । फागुन ३ गते हुने सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर कन्फ्रेन्स, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरि प्लस टु नेशनल कोडिङ ओलम्पियाडसमेत गर्ने उनले बताए ।

यसबाट विद्यार्थीहरुलाई कम्प्युटर साइन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नयाँ सीप सिक्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उनले बताए ।

हालसम्म आफूहरुले ४ वर्षमा १५०० जनालाई सशुल्क अनलाइन र विद्यालयमा प्रत्यक्ष १ महिनादेखि १० महिनासम्मको कक्षा दिएको तथा आवर अफ कोड क्लास ३ हजार जनालाई ४ दिनसम्म सिकेका बताए ।

शिक्षामा नविनतम प्रविधिको विकासबारे सचेतना जगाउने गरी यसलाई वृहत कार्यक्रम गर्न लागेको नेपाल स्टिम एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले जनाएका छन् ।

यो कार्यक्रममा विज्ञहरु डा. रामहरि लामिछाने, मगोलिका चक्रवति, सुशील बुढाथोकीबाट सहजीकरण गर्ने कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसँग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुने जनाइएको छ । चक्रवति र लामिछाने यो क्षेत्रमा लामो अनुभव भएका विज्ञ मानिन्छन् भने बुढाथोकीले पनि यो क्षेत्रमा करिब २० वर्ष अनुभव संगालेका छन् ।

कार्यक्रममा कक्षा १० देपख १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु सहभागी हुने बुढाथोकीले बताए । यस क्षेत्रका विद्यालयहरुको अवस्था मूल्याकन गरी चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उनले बताए । ‘

अब शिक्षालाई नै सुधार्न नसके केही सुधार हुँदैन, त्यसैले पहिलो प्रयास नै यसैबाट थालिएको हो, प्रविधिसंगै सचेतनालाई जोड दिएका छौ, अब विद्यार्थी मात्रै होइन अभिभाव पनि यसमा सचेत हुन जरुरी छ, हाम्रो अभियानले यसैमा ध्यान दिएको छ।’–उनले भने ।

बुढाथोकीका अनुसार अहिले उनीहरुले देशैभरमा यस्ता अभियान चलाएका छन् ती मधये सबैभनदा बढी चासो यस क्षेत्रका विद्यार्थी तथा अभिभावकले दिएका छन् ।

लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको र त्यो विषयमा आफूले पूर्ण रुपमा साथ दिन तयार भएर एलायनसको टीमलाई यहाँ ल्याउन सकिएको बताए ।

पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको र अब यसैलाई केन्द्रमा राखेर अघि बढ्ने उनको भनाइ छ । प्रोफेसनल डेभलपमेन्टको रुपमा यसलाई लिन सकिने र अब सबै शैक्षिक संस्थाले यसलाई अंगिकार गर्नुको विकल्प नभएको उनले बताए ।

नेपालमा विद्यालय शिक्षालाई प्रविधिसँग जोड्ने पाठ्यक्रमको समस्या रहेकाले अहिले धेरै विद्यार्थी बाहिर जान खोजेको तर प्रविधिलाई पछ्याउन सके त्यो समस्यामा कमी आउने उनको विश्लेषण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर