बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना, आमा-छोरासहित ३ जनाको मृत्यु – Nepal Press

बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना, आमा-छोरासहित ३ जनाको मृत्यु

काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ना१ज ६४२१ नम्बरको सुमाे ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ काे सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारकाे तीन जनाकाे मृत्यु भएकाे माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले नेपालप्रेसलाई बताए । उनका अनुसार  खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।

‘खाेटाङबाट बिरामी लिएर काठमाडाैं हिँडेकाे सुमाे रातकाे साढे १२ बजेतिर  दुर्घटना भएकाे रहेछ । बिहान मात्रै खबर थाहा पायाैं ।तर, उनीहरु तीनै जनाको घटनास्थलमा नै मृत्यु भइसकेकाे थियाे ।’ उनले भने।

। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए।

उनका अनुसार आमा माया आगाेले पाेलेर गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि सुमाे चालक २२ वर्षीय अनिल पण्डित फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर