कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई ५० हजार नगदसहित पुरस्कार तथा सम्मान – Nepal Press

कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई ५० हजार नगदसहित पुरस्कार तथा सम्मान

काठमाडौं । अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्णा धरावासी र पुरस्कार युवाकवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ ।

राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको नाममा स्थापित सम्मान र पुरस्कारको राशी ५०–५० हजार रहेको छ ।

अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसरमा यही माघ २६ गते पाँचथरको फिदिममा दुवै स्रष्टालाई पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । साहित्य सम्मान पाउने धरावासी मदन पुरस्कार विजेता लेखक हुन् भने पुरस्कार पाउने कवि स्मृतिको कवितासंग्रह ‘बाडुली र सुदूर सम्झना’ प्रकाशित छ ।

त्यस्तै छात्रावृतितर्फ श्री जनकल्याण मावि फाकतेप फाल्गुनन्द–५ का कक्षा ११ मा अध्यनरत बिद्यार्थी अन्जना चेम्जोङलाई छनौट गरिएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले बताए ।

अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’ प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर