वैदेशिक रोजगारको मुद्दामा ३ वर्ष कैद भुक्तान पूरा नभइ जेलबाट भागेका अभियुक्त १४ वर्षपछि पक्राउ

२०८१ माघ १७ गते १८:३३

काठमाडौं । वैदेशिक रोजगारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ वर्ष कैद र ३ लाख जरिवाना गरेपछि डिल्लीबजारस्थित कारागार चलान भइ सजाय भुक्तानी नगरी जेलबाटै फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला ओखलढुङ्गा तत्कालीन सिमादेवी गा.वि.स वडा नं. ७ कुवापानी हाल लिखु गाउँपालिका वडा नं. २ घर भई हाल गोंगवु बस्ने वर्ष ४५ को पेशल राज बुढाथोकीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
उनीविरुद्ध अन्जु महर्जन र सरस्वती मगरलगायतले जाहेरी दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर