माघ २२ गतेदेखि हुने आहा रारा पोखरा गोल्डकपको खेल तालिका सावर्जनिक


पोखरा । माघ २२ गतेबाट हुने २४औं आहारारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । । आयोजक सहारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।
उक्त प्रतियोगितामा भारत, युके, उज्वेकिस्तानसहित नेपालका ए डिभिजन क्लब गरी १२ टोलीले सहभागिता जनाउनेछन् । खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो खेल आयोजक टोली र नेपाल पुलिस क्लबबिच हुनेछ । उक्त खेल माघ २२ दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।
१२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।
समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उज्वेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
माघ ३० गते पहिलो सेमिफाइल्न र फागुन १ गते दोस्रो सेमिफाइलन खेल हुनेछ । फाइलन खेल माघ ३ गते हुने तालिका छ । गत संस्करणको त्रिभुवन आर्मी क्लब विजेता र थ्रि स्टार कलब उपविजेता बनेका थिए ।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।
आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।