ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार – Nepal Press

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं । केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना गरेको ताप्लेजुङ बन्दका कारण अलपत्र परेका ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजङ्घा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको उनले बताए । -रासस


प्रतिक्रिया

One thought on “ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

  1. आफू क्रिश्चियन भैसके । सबै राई लिम्बूलाई पश्चिमाको पैसा खाएर क्रिश्चियन बनाउने अभियानमा लागेकाहरू नै अहिले पहिचानवादी बनेका छन् । पूवी पहाड चर्चहरूले भरिदा चाहिँ यी दलालहरूलाई मुकुलुङ् संरक्षण गर्नु परेन । अहिले चाहिँ के को नाटक हो ? प्रहरी कारवाही कडा गर्ने र जनताले पनि यिनको प्रतिकार गरेर काम गर्न दिनुपर्छ । अहिले आन्दोलन गर्ने सबै भाडाका टट्टु मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *