प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित


दार्चुला । प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न जिल्लाको पाँचौँ जिल्ला अधिवेशनबाट जोशी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित जोशी दार्चुलाबाट सञ्चालित रेडियो लोकदर्पणका स्टेसन म्यानेजर तथा लोकदर्पण टिभी अनलाइन सञ्चालक र गोरखापत्र समाचारदाताको जिम्मेवारीमा कार्यरत छन् ।
यस्तै उपाध्यक्षमा रमेशसिह खत्री, महिला उपाध्यक्षमा विमला भुजेल धामी, सचिव मानसिह कुवर, सहसचिव निरज कुमार धामी, समावेशी सचिव पदम परियार र कोषाध्यक्षमा उद्धवसिंह धामी निर्वाचित भएका छन् ।
११ सदस्यीय कार्यसमितिको सदस्यमा रवि ओड, मनोरथ मिश्र, लोकेन्द्रसिंह धामी र जानकी जोशी चयन भएका छन् ।
केन्द्रीय र प्रदेश अधिवेशनका लागि पनि पार्षद् चयन भएका छन् । जसमा प्रदेश अधिवेशनको लागि कृतिनिधि जोशी, विपिन विष्ट र लक्ष्मी भाट प्रदेश पार्षदमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि पार्षदमा लक्ष्मणसिह धामी, कृष्णसिह धामी र चादनी चैसिर निर्वाचित भएका छन् ।