एकैदिन २३ सयले बढ्यो सुनको मूल्य – Nepal Press

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर १९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १८ सय ८५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर