‘एक्टर’ निर्माताले लिए मुद्दा फिर्ता, ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा – Nepal Press

‘एक्टर’ निर्माताले लिए मुद्दा फिर्ता, ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा

काठमाडौं । ‘एक्टर’ का निर्माताले ‘एक्टर टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएका छन् । यससँगै ‘एक्टर टेक वान’को प्रदर्शनमा उत्पन्न अन्योल समाप्त भएको छ ।

मुद्दा फिर्ता भएको पत्र जिल्ला अदालत काठमाडौंले हल व्यवसायीको संगठन नेपाल चलचित्र संघलाई आज पठाएको हो ।

यसअघि भएको जिल्ला अदालतको आदेशलाई टेकेर हल व्यवसायीले एक्टर प्रदर्शन गर्न मानेका थिएनन् ।

मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र प्रदर्शन गर्ने हल व्यवसायीको अडानका कारण आज बिहानको शो प्रभावित भयो । दिउँसोबाट चलचित्र प्रदर्शनमा आएको निर्माण पक्षले जानकारी दियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर