समावेशी कर्मचारीले गर्दा हवाई दुर्घटना भयो : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भएको दुर्घटना समावेशी कर्मचारीको कारण भएको बताएका छन् । दुर्घटनाको दुख व्यक्त गर्ने क्रममा व्हाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले दुर्घटना अनुसन्धानमा गएको बताएका छन् ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले किन समावेशितालाई दोष लाउनु भएको भन्ने उत्तरमा ट्रम्पले भने, ‘किनभने मसँग कमनसेन्स छ ।’
जागिरमा समावेशिता होइन दक्षता मान्यता दिने ट्रम्पले शपथग्रहणकै दिन बताएका थिए ।
नेपाली समय अनुसार बिहीबार तथा अमेरिकी स्थानीय समय अनुसार बुधवार राती ९ बजे अमेरिकी सैनिक हेलिकप्टर र एक यात्रुवाहक जहाज जुधेर खसेका थिए ।
जहाजमा चार चालक दलका सदस्य सहित ६० यात्रु थिए भने हेलिमा तीन सैनिक सहभागी थिए । अहिलेसम्म कोही जीवित नभएको जानकारी सार्वजनिक भएको छ ।