रास्वपा सांसदको अवरोधबीचमै सभामुखले अघि बढाए बैठक

२०८१ माघ १८ गते १३:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद उभिएरै बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार बैठक अघि बढाएका छन् ।
सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि रास्वपाका सांसद नबसेपछि बस्नका लागि आदेश समेत दिइसकेका छन् ।
सभामुखको आदेश समेत नमानेपछि कार्यसूची अनुसार बैठक अघि बढाएका हुन् । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
तर, रास्वपाका सांसदले भने उभिएरै बिरोध जनाइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर