रास्वपाका सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिए


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।
लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै बिरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।
तर, रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै बिरोध जनाएका थिए ।
सभामुखले रास्वाका सांसदलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।