‘सत्ताको नाउमा प्वाल पारेर अर्कै डुंगा चढ्ने र सत्ताको पत्ता खेल्ने विकृतिको बन्ध्याकरण गर्‍यौं’ (भिडिओ) – Nepal Press

‘सत्ताको नाउमा प्वाल पारेर अर्कै डुंगा चढ्ने र सत्ताको पत्ता खेल्ने विकृतिको बन्ध्याकरण गर्‍यौं’ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमाले गठबन्धन सरकारको ६ महिनाको उपलब्धी सुनाउने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै यसबीचमा विकृत संसदीय राजनीति दोहोरिन नपाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विगत ६ महिनामा संसदीय राजनीतिमा विकृति राजनीति दोहोरिन नपाएको बताए ।

ओलीले भने,’गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’

ओलीले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर