रास्वपा सांसदले भने- सभामुखले बोल्न नदिएपछि १५ मिनेट सांकेतिक विरोध गरेका हौं (भिडिओ)

२०८१ माघ १८ गते १४:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले १५ मिनेट संसद बैठक बहिष्कार गरेका छन् । १५ मिनेटपछि उनीहरु बैठकमा फर्किए ।
संसद भवन बाहिर पत्रकारसँग संक्षिप्त कुरा गर्दै रास्वपाकी सांसद सोविता गौतमले बैठकमा बोल्न नपाएकाले १५ मिनेट छोडेको बताइन् ।
‘आज संसदको अधिवेशन पहिलोचोटि सुरु हुँदै गर्दा केही कुरा राख्न खोजेका थियौं । हामीले हाम्रो विशेष कुरा राख्न समय माग्दा सभामुखले दिनुभएन । त्यही भएर १५ मिनेट बैठक बहिष्कार गरेका हौं’, उनले भनिन् ।
अर्का सांसद हरि ढकालले पनि १५ मिनेट सांकेतिक विरोधमात्र गरेको बताए ।
प्रतिक्रिया