सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त हुँदैन: देउवा (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले अहिलेको सरकार गठन भएको बताएका हुन् ।
उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता उल्लेख गरे । एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने उनले बताए ।
सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने जिकिर गरे ।