निजामती संगठन भोजपुरमा नयाँ नेतृत्व चयन, अध्यक्षमा जनक – Nepal Press

निजामती संगठन भोजपुरमा नयाँ नेतृत्व चयन, अध्यक्षमा जनक

भोजपुर । नेपाल निजामती संगठन, भोजपुरको १९औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले जनक सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) कुमार राई, उपाध्यक्ष (महिला) ममता दियाली, सचिव सुमनहरि राई, सहसचिव राजन कोईराला, तथा कोषाध्यक्ष खम्बसि राई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा टिकाराम प्रधान, सुमन अधिकारी, मनोज मेहता, सुस्मा अधिकारी, सुवास तामाङ, चिन्तामणि पोखरेल, तोयानाथ दुलाल, सुरेश कुमार चौधरी, सोनिया पुन, दिवस खड्का, र निर्मल आचार्य निर्वाचित भएका छन् ।

अधिवेशनले लेखा समितिको संयोजकमा सन्तोष कटुवाललाई चयन गरेको छ भने भिम घिमिरे र देवेन्द्र प्रधान सदस्य भएका छन् ।

त्यसैगरी, केन्द्रीय प्रतिनिधि टिका पाठक पराजुली र प्रकाश कुमार बिशि चयन भएका छन्। राष्ट्र सेवक सहकारीबाट हरिकृष्ण दाहाल तथा प्रदेश प्रतिनिधि मोतीराम खनाल र कविता राई चयन भएका छन् ।

नयाँ नेतृत्व चयनपछि आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनक सापकोटाले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। निजामती कर्मचारीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार, तथा प्रशासनिक प्रणालीलाई प्रभावकारी बनाउन आफ्नो नेतृत्वले सक्रिय भूमिका खेल्ने उनले स्पष्ट पारे ।

अधिवेशनमा उपस्थित प्रतिनिधिहरू, शुभेच्छुकहरू, तथा आम सदस्यहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *