देउवा भन्छन्- सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीमा सुधार हुन्छ (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गर्नुभयो । लोकतन्त्रको विकल्प खोज्न नहुने र यसलाई थप सुदृढ बनाउदै नागरिकको जीवनसँग जोड्न सक्नुपर्ने उनले बताए ।
उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्न नहुने धारणा राखे । देउवाले संसदमा विचाराधीन सवै विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे ।